१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o८१ बैशाख २९ शनिबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

अर्घाखाँचीको मालारानी ४ मा एमालेको प्यानल नै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:३९:oo

पाँचदलीय गठबन्धनलाई  पराजित गर्दै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ मा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विष्णु प्रसाद पोखरेलको प्यानल नै विजयी भएको हो ।

पोखरेलले १ हजार ४ सय ११ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बिनिराम पोखरेलले १ हजार १ सय ८९ मत प्राप्त गरे । बिनिराम २२२ मतले पराजित भए। 

 गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेको अग्रता कायम छ ।

मालारानीका ९ वडामध्ये आठवटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये वडा नं १, ३, ४, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र विजयी भएको छ। अहिले वडा नं ५ को मतगणना कार्य जारी छ । 

ad
ad