१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार oo:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार oo:३o:oo

बुलिङटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दीपेन्द्र सुनारी ४,०५९ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशिकिरण बस्ताकोटीले ३,९०० मत ल्याएका छन् । बस्ताकोटी यसअघि कांग्रेसबाट बुलिङटारमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । 

२०७४ को स्थानीय तह निर्वाचनमा बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसले फराकिलो मत अन्तरले पालिका अध्यक्ष र उपाध्यक्ष दुवैका साथै ६ वटै वडामा जित हात पारेको थियो ।

गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना विजयी भएकी छिन् । उनले ४,२७३ मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी भूमिका खण्डलुकले ३,५१९ मत प्राप्त गरिन् । गाउँपालिकाको १, २, ३, ४ र ६ नम्बर वडामा कांग्रेस र ५ मा नेकपा एमालेले जित हात पारेको छ । 

ad
ad