रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो ।
सुरुवाती चरणमा डाँगीको अग्रता भए पनि अन्तिममा थापाले मतान्तर घटाउँदै बराबरी बनाएका थिए । वडा नम्बर २ मा एमालेले ७४ र राप्रपाले ३५ मत ल्याएको छ ।