१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Monday, 01 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o७९ बैशाख ३१ शनिबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

रुकुम पश्चिमको त्रिवेणी–१ मा स्वतन्त्र उम्मेदवार ओलीको प्यानलै विजयी

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १६:२८:oo

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका छन्। कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा (माओवादी केन्द्र)का लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै सुन्दर विजयी भएका हुन्। उनले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका मुस्कान ओलीले ४४ मत मात्र प्राप्त गरेका छन्। वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन्। निर्वाचित अध्यक्षसहित सबै सदस्य नेकपा माओवादी केन्द्रनिकट हुन्। सुन्दर नेकपा माओवादी केन्द्र त्रिवेणीको वरिष्ठ उपाध्यक्ष थिए। टिकट नपाएपछि उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

ad
ad
ad
ad