मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार १५:४३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १५:४३:००

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल ५५ मतसहित अगाडि देखिएका छन् । 

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका नृपबहादुर वडले २२ र  एमालेका रणबहादुर चन्दले दुई मत ल्याएका छन् । 

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारी ४० मतसहित अगाडि छिन् । एमालेका कन्दकला रानाले १० मत पाएकी छिन् । २१ मत बदर भएको छ । बजार क्षेत्र पर्ने वडा नम्बर १ को मतगणना भइरहेको छ ।