मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सान्ड्रा डफी
२०७९ बैशाख २९ बिहीबार ०८:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘रो’फैसला खारेजी र अन्तर्राष्ट्रिय प्रजनन न्याय

Read Time : > 2 मिनेट
सान्ड्रा डफी
२०७९ बैशाख २९ बिहीबार ०८:५१:००

डब्स’विरुद्ध ‘ज्याक्सन वुमन्स हेल्थ अर्गनाइजेसन’ मुद्दामा न्यायाधीश स्यामुएल अलिटोले लेखेको अमेरिकी सर्वोच्च अदालतको मस्यौदा निर्णय चुहिएपछि प्रजनन अधिकार विश्वभर बहसको विषय बनेको छ । यदि यो निर्णय अदालतले लागू गर्‍यो भने सन् १९७३ को ‘रो’विरुद्ध ‘वेड’को मुद्दामा भएको ऐतिहासिक फैसला उल्टिनेछ । सो मुद्दाले गर्भपतनको अधिकारलाई अमेरिकी संविधानको १४औँ संशोधनअनुरूप स्थापित गरेको थियो, जहाँ महिलाको गोपनीयताको अधिकारलाई आधार बनाइएको थियो ।

यदि ‘रो’ फैसलालाई उल्ट्याइयो भने गर्भपतन संवैधानिक अधिकार मानिनेछैन र यसबारे कानुन बनाउने जिम्मेवारी राज्यको विधायिकालाई दिइनेछ । हालसम्म, १२ राज्यले तथाकथित ‘ट्रिगर कानुन’ पारित गरिसकेका छन्, जसले यदि ‘रो’ मुद्दा उल्टियो भने गर्भपतनलाई अवैध ठहर्‍याउनेछ वा आपराधिक बनाउनेछ । यसो हुनु निश्चित रूपमा अमेरिकाका महिला एवं गर्भवतीको अधिकारमा विनाशकारी असर पर्नु हो किनभने धेरैले गर्भपतन स्वास्थ्य सेवामा पहुँच गुमाउनेछन् । 

गर्भपतनसम्बन्धी ‘रो’ फैसलाको संवैधानिक संरक्षणको सम्भावित क्षतिले प्रजनन अधिकार मात्र नभई प्रजनन न्यायको आवश्यकता पनि औँल्याउँछ । प्रजनन न्याय भनेको यस्तो समाजको निर्माण गर्नु हो, जहाँ समानता र समावेशी सिद्धान्तको अर्थ प्रत्येक महिलालाई आफ्नो शरीरबारे निर्णय लिने अधिकार हुन्छ । यो अवधारणा सन् १९९० को दशकमा अश्वेत अमेरिकी नारीवादीले विकास गरेका हुन् । प्रजनन न्यायले ‘रो’जस्ता फैसलामा भनिएको ‘छनोटको अधिकार’को दायरा पार गर्छ र फराकिलो सामाजिक अन्तरसम्बद्ध (इन्टरसेक्सनल) मुद्दामा विचार गर्छ ।

आयरल्यान्ड, बेलायत र अर्जेन्टिना एवं मेक्सिको जस्ता ल्याटिन अमेरिकी राष्ट्रमा हालैका गर्भपतन समर्थित अभियानको विशेषताको रूपमा प्रजनन न्यायका खाका देखा परेका छन् । आयरल्यान्डमा ‘आठौँ (संशोधन) खारेज गर’ अभियानमा सार्वजनिक विद्यालयमा निःशुल्क गर्भनिरोधक र व्यापक यौनशिक्षाको माग समावेश थिए । सन् २०१८ मा गर्भपतन प्रतिबन्ध हटाउन आयरल्यान्डको संविधान संशोधन गरिएको थियो ।

यदि ‘रो’ फैसलालाई उल्ट्याइयो भने गर्भपतन संवैधानिक अधिकार मानिनेछैन र यसबारे कानुन बनाउने जिम्मेवारी राज्यको विधायिकालाई दिइनेछ
 

बेलायतका उत्तरी आइरिस अभियन्ता, जहाँ एलायन्स फर च्वाइसका कार्यकर्तासहितले ‘निःशुल्क, सुरक्षित, कानुनी र स्थानीय’ गर्भपतन पहुँचको महŒवलाई जोड दिएका छन् । र, यसमा विशेषतः कोभिड–१९ महामारीको समयमा गर्भपतन गराउन नसक्ने समुदायका सदस्यका लागि टेलिमेडिसिन सेवासहितका माग छन् ।
अर्जेन्टिनामा नारीवादी अभियन्ताले गरेको ‘एबोर्तो लिगाल या’ अर्थात् ‘कानुनी गर्भपतनको तुरुन्त व्यवस्था गर’ आन्दोलनले ‘मारिया वर्दे’ वा ‘ग्रिन वेभ’ अभियानको रूप लियो । मुलुकको विद्यमान सामाजिक आर्थिक विभाजनबारेको सचेतना, ग्रिन वेभ अभियानको एक प्रमुख विशेषता थियो । उसो त अर्जेन्टिनामा नयाँ कानुन लागू हुनुअघि सबै पृष्ठभूमिका महिला असुरक्षित गर्भपतन रोज्न बाध्य थिए र यस छनोटका कारण विपन्नतामा बाँचिरहेका महिलाको ज्यान गुमाउने जोखिम बढी थियो ।

तसर्थ, प्रजनन न्यायलाई अन्तरसम्बद्ध दृष्टिकोण आवश्यक पर्छ अर्थात् समाजको जनसांख्यिकीय समग्रका केही हिस्सामा विशेष ध्यान र हेरचाह आवश्यक हुन्छ । अमेरिकामा गैरश्वेत, लैंगिक एवं यौनिक अल्पसंख्यक, दस्ताबेजविहीन आप्रवासी, अपांगता भएका व्यक्ति र गरिबीमा बाँचिरहेका मानिसलाई ‘रो’ फैसलाको पतनबाट सबैभन्दा सुरुवाती र ठूलो प्रभाव पर्नेछ । उल्लिखित सीमान्तकृत समुदाय र न्यून सामाजिक–आर्थिक पृष्ठभूमिका महिला र गर्भवतीले गर्भपतनको कानुनी व्यवस्था रहेको राज्यमा यात्रा गर्न असमर्थ हुनेछन् ।

‘रो’ फैसला व्यक्तिगत गोपनीयताको अधिकारका आधारमा गरिएको थियो । तर, अहिलेको ‘डब्स’को सम्भावित फैसलाको चुहावटले ‘रो’ फैसलाले उपलब्ध गराएको अधिकार कमजोर रहेको देखाएको छ । प्रजनन अधिकारको खाका मात्रै लिखित कानुनजत्तिकै बलियो हुन्छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश रुथ बडर गिन्सबर्गलगायत धेरैले स्वतन्त्रता र समानताको मूल्यमा ठोस ढंगले आधारित नभएकोमा ‘रो’ फैसलाको संवैधानिक आधारको आलोचना गरेका थिए । यो त्रुटिका कारण न्यायाधीश अलिटोलाई ‘रो’ निर्णय उल्ट्याउनका लागि मस्यौदा तयार गर्न सक्षम बनायो ।

संविधानको मौलिक व्याख्याका आधारमा गर्भपतन अधिकारलाई ‘राष्ट्रको इतिहास र संस्कृतिमा गहिरो रूपमा स्थापित नभएको’ भन्ने दलिलमा टेकेर अलिटोले चुहिएको मस्यौदा राय तयार पारेका थिए । गर्भपतनमाथि प्रतिबन्ध लगाइएका राज्यमा प्रतिबन्ध रोक्न वा विरोध गर्न आपसी सहायताको संस्कृति देखा पर्नेछ । पोल्यान्ड, माल्टा र जिब्राल्टरमा आधारित गर्भपतन समर्थन सञ्जालले गर्भपतन उपचारमा पहुँचका लागि आफ्नो राज्य छोड्न नसकेर अर्कोमा जान नसक्ने महिला र गर्भवतीका लागि प्रक्रिया एवं यात्रामा अनुदान दिने प्रयास सुरु भइसकेको छ ।

उदाहरण वुमन इन वेभ्सजस्ता अभियानले गर्भपतनलाई गैरकानुनी मानिएका मुलुकका नजिकका सीमा क्षेत्रबाहिर गर्भपतन सेवा प्रदान गरेर प्रत्यक्ष रूपमा सक्रिय छन् । अमेरिकामा नेसनल नेटवर्क अफ एबोर्सन नेटवक्र्स फन्ड्सले निःसन्देह बृहत् समर्थन हासिल गर्नेछ । ‘रो’ फैसला उल्टिने सम्भावनाले अमेरिकामा महिला र गर्भवतीका लागि राम्रो संकेत देखाउँदैन । यद्यपि अन्तर्राष्ट्रिय गर्भपतन र प्रजनन अधिकार आन्दोलनले एकसाथ काम गर्दा सबैभन्दा सामथ्र्यवान् भइन्छ भन्ने देखाइरहेको छ ।
द कन्भर्सेसनबाट