१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटल र सारा नेपालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१३:oo

एनआइसी एसिया क्यापिटलले ‘आइडिया टू आइपिओ’ सेवाअन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, सेयर रजिस्ट्रारको सेवासहित आइपिओ जारी गर्ने चरणमा पुर्‍याउने भएको छ । यसका साथै निकट भविष्यमा सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित सर्वसाधारणमा जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि सारा नेपालले एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको हो । 

सारा नेपाल लिमिटेड डिपार्टमेन्टल स्टोर, जलविद्युत् परियोजना, यातायात तथा पर्यटन, होटेल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री–वितरण, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरूको निर्यात गर्नेलगायतका कार्यहरू गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको क्यापिटलले जनाएको छ । हाल यसले एक सयभन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिरहेको छ । 

क्यापिटलले ‘आइडिया टू आइपिओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जनाएको छ । 
 

ad
ad