मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २७ मंगलबार १८:५९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनगढी महानगरमा हमाल : दलीय उम्मेदवारका लागि कडा चुनौती

Read Time : < 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार १८:५९:००

०७४ मा धनगढी उपमहानगरको प्रमुखका लागि गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिँदा धेरैले आश्चर्य माने । वर्षौंदेखि संगठित दलका उम्मेदवारविरुद्ध हमालको उम्मेदवारी अपत्यारिलो नै थियो । जब परिणाम आयो, धेरै थप आश्चर्यचकित भए । किनभने, हमाल निकटतम प्रतिस्पर्धी बनेका थिए । कांग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार ५२७ मत ल्याएर आफूलाई बलियो उम्मेदवार साबित गरे । तिनै हमाल धनगढी उपमहानगरको प्रमुखमा यसपटक पनि उम्मेदवार छन् ।

हमालको मुख्य पहिचान प्रतिष्ठित व्यवसायी हो । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनले सुन्दर सुदूरपश्चिम अभियान चलाएका थिए, जुन अभियानले अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमलाई चिनाउन मद्दत ग¥यो । हमाल सामाजिक कार्यमा निरन्तर सक्रिय हुँदै आएका छन् । उनले धनगढीमा निःशुल्क शववाहन सेवा दिइरहेका छन् । असहाय, गरिबलाई लक्षित गरी कपडा बैंक सञ्चालन गरेका छन् ।

१९ वटै वडामा प्रचारप्रसार समिति गठन गरेर उनले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । धनगढी उपमहानगरमा भ्रष्टाचारको अन्त्य र विकासमा धनगढी मोडेल स्थापित गर्ने मुद्दासहित उनी मत मागिरहेका छन् । त्यसैले अघिल्लोपटक भन्दा खारिएका र माझिएका हमाल यसपटक दलहरूका सबैभन्दा नजिकका प्रतिस्पर्धी हुन् ।