१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २२ बिहीबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महानगर र उपमहानगरको चुनावी  दौडाहामा ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार o८:२९:oo

स्थानीय तह निर्वाचन कार्यतालिकाको अन्तिम साता एमाले अध्यक्ष केपी ओली महानगर र उपमहानगरहरूको चुनावी प्रचार दौडाहामा एक साता व्यस्त हुने भएका छन् । चुनावी प्रचारका कार्यक्रममा मंगलबार काठमाडौंबाहिर निस्किएका ओली झापा, इलाम हुँदै बुधबार साँझ विराटनगरबाट काठमाडौं फर्किएका छन् । बिहीबार उनी चुनावी प्रचार सभामा सहभागी हुन धनगढी जाँदै छन् । 

ओली अब २७ वैशाखसम्म अधिकांश उपमहानगरपालिका र महानगरपालिकामा स्थानीय पार्टीले आयोजना गर्ने चुनावी सभामा सहभागी हुँदै छन् । उनको सचिवालयका अनुसार काठमाडौंसहित भरतपुर, विराटनगर, पोखरा, वीरगन्ज, ललितपुर महानगरपालिकाको चुनावी सभामा पुग्नेछन् । 

त्यस्तै, इटहरी, धरान, जनकपुर, जितपुर सिमरा, कलैया, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्जसहित सबैजसो उपमहानगरपालिकाको चुनावी प्रचार सभामा सहभागी हुनेछन् । चुनावी सभा र समयको व्यवस्थापन ओलीको सचिवालयसँगको समन्वयमा स्थानीय चुनावी परिचालन कमिटीहरूले गरिरहेका छन् । 

ad
ad
ad
ad