१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २२ बिहीबार o६:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसइई दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारको अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार o६:५३:oo

एसइई दिएर बसेका विद्यार्थीका लागि पोखराको अन्नपूर्ण केबुलकारले विशेष अफर ल्याएको छ । कम्पनीले आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहिनेती हातहरूलाई अझ मिहिनेती बन्नका लागि ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ उनीहरूलाई केबुलकार चढ्दा ५० प्रतिशत छुट दिने अफर ल्याएको हो । 

अफरअनुसारको छुट पाउनका लागि विद्यार्थीले एसइईमा परीक्षामा सामेल भएको प्रवेशपत्र देखाउनुपर्ने कम्पनीले जनाएको छ । योजना ३० वैशाखसम्म लागू हुने जनाइएको छ । 

नवविवाहित जोडीलाई पनि छुट
कम्पनीले, नवविवाहित जोडीका लागि पनि अफरको घोषणा गरेको छ । जसअन्तर्गत एउटा टिकटको खरिदमा अर्काे एक केबुलकारको टिकट निःशुल्क प्रदान गर्ने जनाइएको छ । यो योजनाअनुसारको छुट पाउनका लागि नवविवाहित जोडीले आफू  विवाहित भएको विवाह कार्ड देखाउनुपर्ने सर्त राखिएको छ । योजना  असार मसान्तसम्म लागू हुने जनाइएको छ ।