१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाले बागीलाई कारबाही हुँदैन : कांग्रेस प्रवक्ता महत  (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४७:oo

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वत: पार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताएका हुन् । 

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरूले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार नहुने उल्लेख गरे । उनले पार्टी र गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरूलाई आग्रह गरे । 

उनले भने, ‘हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिन्छ, ऊ स्वतः पार्टीबाट निष्कासित हुने व्यवस्था छ । तर पनि, प्राविधिक कारणले तालमेल पछिल्लो समयसम्म तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेदवारी फिर्ता लिन सक्नुभएन । पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ, उहाँहरूलाई कारबाही हुँदैन ।’

महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको पनि बताए । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रूपमा हेर्दा गठबन्धन सफल भएको बताए । उनले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे । 

महतले पछिल्लो रिपोर्टअनुसार कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडाध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।

ad
ad