१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकका १४ शाखा  एकै दिन उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१४:oo

नबिल बैंकले बिहीबार एकै दिन देशभरमा १४ नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही, दहचोक र थली–डाँछी, बाराको जितपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल र इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलालचोक, रुपन्देहीको मुर्गिया र खैरेनी, सुनसरीको झुम्का, धनुषाको महेन्द्रनगर र ढल्केबरमा नयाँ शाखा उद्घाटन गरेको हो ।  

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलले संयुक्त रूपमा धुम्बाराहीको मालीगाउँ शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रूपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रूपमा थली–डाँछी शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंक सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रूपमा इमाडोल शाखा तथा बैंकका सञ्चालक प्रबिन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले संयुक्त रूपमा दुवाकोट शाखाको उद्घाटन गरेको जनाइएको छ ।  

यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले संयुक्त रूपमा दहचोक शाखा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रञ्जना पौडेल पण्डितले संयुक्त रूपमा मुर्गिया र खैरेनी शाखा, बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्त रूपमा चिसापानी शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । 

त्यस्तै, बैंकका प्रदेश एकका प्रादेशिक प्रमुख सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रूपमा पुष्पलालचोक शाखा, बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले संयुक्त रूपमा जितपुर शाखा, बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्रप्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चा भडेलले संयुक्त रूपमा महेन्द्रनगर र ढल्केबर शाखा तथा बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आदर्श बजगाईं र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्त रूपमा झुम्का शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।  

नयाँ शाखा सञ्चालनसँगै बैंकले देशभरमा एक सय ४८ शाखा, एक सय ८८ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट सेवा दिँदै आएको बैंकले जनाएको छ ।

ad
ad