निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १४ बुधबार ०९:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सगरमाथासहित चार हिमालको आधार  शिविर पुग्यो सेना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १४ बुधबार ०९:२६:००

झन्डै ३५ टन फोहोर संकलन गरेर २२ जेठमा फर्किने

नेपाली सेनाको समन्वयमा २२ चैतदेखि सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइमा गएको टोली ती हिमालको बेसक्याम्प पुगेको छ । टोलीले स्थानीय संस्कारअनुसार पूजाआजा गरेर फोहोर संकलन कार्य सुुरु गरेको नेपाली सेनाले जनाएको छ । २२ जेठसम्म चार हिमालको सरसफाइमा सेना, शेर्पासहतिको टोली सहभागी हुनेछ । सैनिक तथा शेर्पासहित ९१ जनाको सहभागितामा चार हिमालमा रहेका फोहोर उठाउने सेनाको तयारी छ । 

गत वर्ष पनि सेनाले ६ वटा हिमालबाट फोहोर संकलन गरेको थियो । त्यसवेला ३५ टन फोहोर संकलन गरेको सेनाले यो वर्ष पनि त्यही परिमाणमा फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । सेनाका अनुसार सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव र फोहोरमैला छन् । सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ ।

सेनाले हिमाली अर्थतन्त्र, प्रदूषण नियन्त्रण तथा हिमाली साहसिक पर्यटनको अवधारणाअनुसारको एकीकृत योजनाअनुसार फोहोर सफाइमा काम गरिरहेको सेनाको वन्यजन्तु तथा वातावरणसम्बन्धी निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए । हिमाली क्षेत्रमा खटिएका सैनिकलाई सेनाले १५ फागुनदेखि सेनाको उच्च शिखर शिक्षालय कैसाङ (मुस्ताङ)मा तालिम दिएको थियो । 

सरकारले हिमाल सफाइका लागि आठ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । सगरमाथा क्षेत्रबाट १४ टन, कञ्चनजंघाबाट १० टन, ल्होत्सेबाट ६ टन र मनास्लुबाट पाँच टन फोहोर संकलन गर्ने सेनाको तयारी छ । गत वर्ष १२ करोड ५५ लाख रुपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो ।

भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो । यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् ।