Skip This
इरानी राष्ट्रपतिलाई नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १३ मंगलबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इरानी राष्ट्रपतिलाई नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १८:५५:oo

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति आयतोल्लाह सैयद इब्राहिम राइसीलाई गैरआवासीय नेपाली राजदूतका रूपमा मंगलबार आफ्नो ओहोदाको पत्र बुझाएका छन्। इरानको राष्ट्रपति भवन तेहरानमा आयोजित विशेष समारोहमा राजदूत अधिकारीले प्रमाण-पत्र बुझाएका हुन्। 

राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति आयतोल्लाहको सुस्वास्थ्य एवं दुई देशका जनताबीचको सम्बन्ध थप सुदृढ हुने विश्वाससहित पठाएको सन्देश हस्तान्तरण गरेका छन्। 

राष्ट्रपति आयतोल्लाहले इरानका लागि नेपालका राजदूतका रूपमा अधिकारीलाई स्वागत गर्दै समकक्षी भण्डारीसहित नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना व्यक्त गरेको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ। 

ओहोदाको प्रमाण-पत्र बुझाएपछि संक्षिप्त शिष्टाचार वार्तामा राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए। राजदूत अधिकारीले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्र संघलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा एकैसाथ रहेको स्मरण गराए।

उनले  नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्नेसमेत बताएका थिए। ओहोदाको प्रमाण-पत्र बुझाउने समारोहमा इरानको विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरू पनि सहभागी थिए।