Skip This
पेस्तोलमा प्रयोग हुने गोली र नक्कली सुनसहित दुईजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पेस्तोलमा प्रयोग हुने गोली र नक्कली सुनसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १४:२४:oo

पेस्तोलमा प्रयोग हुने गोली र नक्कली सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रमिला तामाङ र विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। काठमाडौंको कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट प्रहरीले पेस्तोलमा प्रयोग हुने गोलीसहित विभिन्न सामान बरामद गरेको थियो। 

सोही आधारमा तामाङ र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूबाट नेपाली सेनाको जर्सी हरियो एक थान,  नेपाल सेनाको नसिलाएको कम्ब्याट पोसाक,   केशवबहादुर धानुकको नामको राहदानी, चार थान मोबाइल, छाप, विभिन्न व्यक्तिका नामको चेक, नागरिकता, कपाली तमसुकलगायत कागजात बरामद गरेको छ। 

प्रहरीका अनुसार तामाङलाई हातहतियार तथा खरखजानासम्बन्धी र ठगी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। भने गुरुङलाई ठगीसम्बन्धी मुद्दामा पाँच दिनक‍ो म्याद थपगरी अनुसन्धान थालिएको छ। उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत कक्षामा राखिएको छ।

पक्राउ परेको तामाङ र गुरुङले नक्कली सुन देखाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 
 

ad
ad