१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार २o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मालारानीको अध्यक्षमा बालकृष्ण आचार्यद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २o:३o:oo

अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट आइतबार राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

पार्टीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सहमति भएपछि आफूले बाध्य भएर  स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए । 

पार्टीबाट जस्तोसुकै दबाब आए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, 'तीन दिनअघिसम्म उम्मेदवार बन्दिनँ भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेपछि मैले बाध्य भएर पुन: उम्मेदवारी दिएको हुँ ।' आचार्य २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

ad
ad