मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ६ मंगलबार १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिता सर्वोच्चद्वारा सदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार १७:४o:oo

जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिताविरुद्धको रिट सर्वोच्च अदातलतले खारेज गरेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्वाचन आयोगको उक्त प्रावधानविरुद्ध रिट दायर गरेका थिए । 

रिट खारेज भएसँगै हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरिदिएको हो । 

आयोगले स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने बाध्यकारी आचारसंहिता लागू गरेको छ । आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने उल्लेख छ।