Skip This
शान्ति मिसनका क्रममा ज्यान गुमाएका नेपाली सैनिक गुरुङकाे शव नेपाल ल्याइयो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ३० बुधबार १२:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति मिसनका क्रममा ज्यान गुमाएका नेपाली सैनिक गुरुङकाे शव नेपाल ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार १२:२४:oo

कंगो शान्ति मिसनका क्रममा विद्रोहीको फायरबाट घाइते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सुर्खेत गुर्माकोट नगरपालिकाका  प्युठ अनिल गुरुङको शव नेपाल ल्याइएको छ। नेपाली सेनाले उनको शव मंगलबार नेपाल ल्याएको हो। चैत २२ गते कंगोको ‘बाली’मा विद्रोही पक्षबाट गोली लागेर गुरुङ गम्भीर घाइते भएका थिए। 

गस्तीका क्रममा बलिदानीपूर्ण योगदान गरेका उनीप्रति नेपाली सेनाले उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ। छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मानस्वरूप निज शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जलीस्वरूप फूलमाला अर्पण गरेका थिए । सोही कार्यक्रममा प्रधानसेनापति महारथी शर्माले अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका छन्। 

उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रमपश्चात् स्वर्गीय गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकाेप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरी  नेपाली सेनाको स्थानविशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने जनाएको छ।