Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत २३ बुधबार ११:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानको आकस्मिक कक्षको स्तरोन्नति, दुई वर्षको कार्यविवरण सार्वजनिक

Read Time : > 1 मिनेट
२०७८ चैत २३ बुधबार ११:२८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको  स्तरोन्नति गरिएको छ । बेड तथा बिरामी ओसार्न प्रयोग गरिने ट्रली अभावले समस्या झेल्दै आएको आकस्मिक कक्षमा २० थान बेड र १५ थान ट्रली थपिएको छ । आकस्मिक कक्षमा आउने बिरामीलाई थप सुविधा र प्रभावकारी ढंगले उपचार सेवा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरू वृद्धि गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए । 

यस्तै, आकस्मिक वार्डमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ । यो मेसिनले अक्सिजन लेभल, इसिजी, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटरिङ गर्ने काम गर्छ । यो मेसिनको जडानले बिरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी बिरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्ने प्रतिष्ठानले जनाएको छ ।  यस्तै, सिकिस्त बिरामीहरूका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटर, इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको सहप्रवक्ता पोखरेलले जानकारी दिए । 

इमर्जेन्सी ल्याबबाट दिइने सेवाहरूलाई अझ बढी द्रुतगतिमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । आवश्यक औषधिलगायतका अत्यावश्यक कुराहरू व्यवस्थापन गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर साहले जानकारी दिए । बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षण इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएको उनले बताए ।  

गम्भीर प्रकृतिका बिरामी तर भेन्टिलेटरको आवश्यकता नपर्ने बिरामीका लागि आकस्मिक कक्षमा एचडियू बेडहरू पनि चाँडै जडान गर्न लागिएको साहले बताए । आवश्यकताअनुसार आकस्मिक कक्षमा बेडसंख्या पनि बढाउँदै जाने प्रतिष्ठान प्रशासनले जनाएको छ । जनशक्ति अभावलाई मध्यनजर गरेर करारमा चिकित्सकहरूको समेत माग गरिएको बताइएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक एक सय ३० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । एक सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

दुई वर्षको उपलब्धि उपकुलपतिले सार्वजनिक गरे 
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरणसमेत सार्वजनिक गरेका छन् । ०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त भएका गिरीले यो अवधिमा प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण कामहरू सार्वजनिक गरेका हुन् ।   

प्रदेश १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेजसमेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुत पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको डा. गिरीले बताए । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासनसमेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ ।

अस्पताल सेवातर्फ कोभिड– १९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाएको छ । कोभिड नियन्त्रणका लागि यो अवधिमा अस्पतालले दुई सय ७० बेडको अस्पताल विस्तार गरेको छ । त्यस्तै, इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अकुपेसनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको छ । मिर्गाैलापीडितका लागि २० बेडको कक्ष निर्माण अन्तिम चरणमा रहेको उपकुलपति गिरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

अस्पताललाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अस्पतालले मोबाइल एपबाटै ओपिडी बिरामीको दर्ता गर्न सक्ने, स्वास्थ्य बिमामा एपिआई सिस्टमबाट स्वतः दाबी गर्न सक्नेलगायतका व्यवस्थाहरू गरेको छ । अस्पतालको डिजिटलाइजेसनका लागि एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ ।