१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १६ बुधबार २१:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सामना बैंकिङ पुरस्कार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार २१:३७:oo

सामना बैंकिङ पुरस्कार गुठीले बैंकिङ तथा वित्तीय पुस्तक लेखक र आर्थिक पत्रकारलाई सम्मान गरेको छ । गुठीले १३औँ वार्षिक साधारणसभाको अवसर पारेर लेखक डा. रेशमराज रेग्मी र श्याम खतिवडा तथा पत्रकार गजेन्द्र बुढाथोकीलाई पुरस्कृत गरेको हो । 

पुस्तक लेखनतर्फ ७५ हजार रुपैयाँ राशिसहितको पुरस्कार ‘बैंकिङ ल इन नेपाल’का लेखक डा. रेशमराज रेग्मी र ‘नेपालका आधुनिक मुद्राहरू ः एक समीक्षा’का लेखक श्याम खतिवडालाई प्रदान गरिएको छ । त्यसैगरी, ४० हजार रुपैयाँ राशिसहितको पुरस्कार र सम्मान पत्रकारितातर्फ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी र इमेज टिभीका रमेश ढकाललाई प्रदान गरिएको छ । यी पुरस्कारहरू पूर्वगभर्नरद्वय गणेशबहादुर थापा र विजयनाथ भट्टराई तथा पूर्वमहालेखापरीक्षक भानु आचार्यका साथै गुठीका अध्यक्ष डा. रेवतबहादुर कार्कीले संयुक्त रूपमा चारैजना सम्मानित व्यक्तित्वलाई प्रदान गरेका थिए । गुठीले प्रत्येक दुई वर्षमा बैंकिङ पुस्तक लेखक र आर्थिक पत्रकारलाई पुरस्कार वितरण गर्दै आइरहेको जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको आर्थिक पत्रकारिताले ठूलो फड्को मारेको र यस्ता संस्थाहरूले प्रदान गर्ने पुरस्कार तथा सम्मानले आर्थिक पत्रकारितामा संलग्नहरूलाई आफ्नो पेसामा निर्भीक भई क्रियाशील हुन हौसला मिल्ने धारणा व्यक्त गर्दै सन्देश पठाएका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि पूर्वगभर्नर गणेशबहादुर थापाले कसैसँग सहयोग नमागी आफ्नै परिश्रम र मिहिनेतको कमाइ समाजमा बाँड्न चाहने डा. रेवतबहादुर कार्कीको सक्रियताले आफूलगायत अर्बौँ कमाएर सौखिन जीवन बिताउनेहरूलाई समेत केही गर्न हौसला मिल्ने बताए । सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गुठीका अध्यक्ष कार्कीले यस्तो पुरस्कार वितरणमा सरकारले अन्य पुरस्कारमा जस्तै कर छुट दिनुपर्ने बताए । 

ad
ad
ad
ad