१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आयल निगमको सुझाव–सवारी साधनमा जोर–बिजोर, हप्तामा दुई दिन सार्वजनिक बिदा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३१:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै निगमले हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गइरहेको र प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा मात्रै दैनिक ३१ करोड रुपैयाँ घाटा भइरहेको बताए । उनले पेट्रोलियम पदार्थको खपतलाई कम गर्न निगमले गत चैत १३ गते १० बुँदे सुझाव दिएको पनि बताए । 

उपाध्यायका अनुसार निगमले पेट्रोलियम पदार्थमा भन्सार शुल्क घटाउनु पर्ने, मूल्य समायोजन गर्न दिनुपर्ने, डिजेल, पेट्रोलको खपत कम गर्न विद्युतीय साधन प्रयोग गर्न सार्वजनिक आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने, छोटो दूरीका सवारीसाधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्ने र जुनसुकै किसिमका सवारीसाधनमा पूर्ण सिट क्षमतामा यात्रुहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव समेत दिएको छ । 

उपाध्यायले सबै नागरिकलाई ठूलो सवारीसाधनबाट ओहोरदोहोर गराएर व्यक्तिगत सवारीसाधनलाई केही समय रोक लगाउन पनि सुझाव दिइएको बताए ।

ad
ad