१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेडपाण्डाको छालासहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१६:oo

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ । उनीहरूलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १२ कोरियनपुरस्थित अञ्जना होटेलबाट आइतबार पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं. ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका– १ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । होटेलमा प्लास्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ । 

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको रु. पाँच लाखदेखि रु. १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए । 

यसैबीच प्रहरीले लागुऔषध चरेस तीन किलोसहित दुईजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका– २ पुष्पलालचोकनजिक रहेको दंगाली–स्याङ्जाली होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका– ९ का प्रवीण विष्ट र वडा नं. ७ का राजबहादुर कार्की रहेका छन् । 

ad
ad