मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ७ सोमबार १o:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आज विश्व कविता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १o:o८:oo

साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशि लुमुम्बुले जानकारी दिए । 

सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।