मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत १ मंगलबार ०७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसी विरोधको कुनै अर्थ छैन : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७८ चैत १ मंगलबार ०७:५६:००

एमाले नेता भीम रावलले दुईजिब्रे कुरा गरेर एमसिसीको विरोध गरिरहेको देउवाकाे आरोप

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)को विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले केपी ओलीको तत्कालीन सरकारले संसदमा दर्ता गरेको एमसिसी आफूले संसदबाट पारित मात्र गराएको बताए । 

एमसिसीको विरोध गरेको भन्दै देउवा एमाले नेता भीम रावलप्रति निकै आक्रोशित देखिए । ‘एमसिसीको प्रक्रिया अघि बढेका वेला भीम रावल पनि मन्त्री थिए । उनले त्यतिवेला किन राजीनामा दिएनन् ? अहिले विरोध गरेर हुन्छ ? एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर सबभन्दा पहिले संसद्मा दर्ता गर्ने केपी ओली हुन्,’ प्रधानमन्त्रीले भने ।

देउवाले एमाले नेता रावलले दुईजिब्रे कुरा गरेर एमसिसीको विरोध गरिरहेको बताए । ‘पहिले दर्ता गर्ने, अहिले विरोध गर्न लाज छैन । मैले ओलीजीले दर्ता गरेको एमसिसी पास गर्दा किन टाउको दुखाइ ? विरोध गरेर जनतालाई भ्रम छर्ने ? यस्तो डबल स्ट्यान्डर्ड कुरा गर्ने ?’ प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रको हितमा छ, एमसिसी । पहिले आफैँ अघि बढाउने, अहिले आएर विरोध गरेर जनतालाई भ्रम छर्ने कार्य बन्द हुनुपर्छ ।’

देउवाले किस्पाङमा कृषिको सम्भावना बढी रहेकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले यो क्षेत्रमा पशुपालनको सम्भावना राम्रो देखेको गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिए । ‘यो ठाउँले उत्पादन गरेर काठमाडौं पठाउनुपर्छ । आम्दानी गर्नुपर्छ । हामी अझै पनि भारतबाट तरकारी मगाइरहेका छौँ । आफैँ आत्मनिर्भर हुनुपर्नेछ,’ देउवाले भने । देउवाले तादी गाउँपालिकाको प्रशासनिक भवनको पनि उद्घाटन गरेका थिए ।