१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यदुनाथ भट्टराईको ‘योद्धा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१o:oo

साहित्यकार यदुनाथ भट्टराईले लेखेको कृति ‘योद्धा’ सार्वजनिक भएको छ । साहित्य संगम चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनको कृति लोकार्पण तथा कृतिमाथि विमर्श गरिएको हो । 

लोकार्पित कृतिको समीक्षा डिआर पोख्रेल र धनप्रसाद सुवेदीले गरेका थिए । उपन्यासकारले आफूले माओवादी द्वन्द्वकालमा भोगेको परिवेशलाई उपन्यासमा उतारेका छन् । २५ वर्षअघिको द्वन्द्वको आवश्यकता, थालनी र बलिदानीसँगै द्वन्द्वले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनमा पारेको प्रभावलाई ग्रामीण भेगमा बसोवास गर्ने मंगली र कालु पात्रमार्फत प्रस्तुत गरिएको छ ।

यसअघि भट्टराईको युद्ध र शान्ति निबन्धसंग्रह सार्वजनिक भइसकेका छन् । लमजुङमा जन्मिएका लेखक भट्टराई अवकाशप्राप्त शिक्षक हुन् । उनी अहिले चितवनको भरतपुरमा बसोवास गर्छन् ।

ad
ad