Skip This
ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Tuesday, 13 May, 2025
२o७८ फाल्गुण २८ शनिबार ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार ११:३२:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन् । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्वारा शनिबार आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट सहिदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। 

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिनु सकारात्मक पक्ष भएको उनले बताए। खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकतामा राखिँदै आइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। नगरपालिकाले खेलकुदकै लागि रु २२ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। नगरप्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गरे। 

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवर्द्धन गर्न म्याराथनको आयोजना गरेको बताए। योसँगै पाँचौँ व्यासनगर अल्ट्रा म्याराथन २०७८ आयोजना गरिएको हो। हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ८५ हजार ७८, द्वितीय रु ६५ हजार ७८, तृतीया रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँचजनालाई जनही रु १६ हजार ७८ का दरले प्रदान गरिने छ। रासस