मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण १७ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले बढाएको दूधको मूल्य किसानले पाएनन्, बिचौलियाको मनपरी

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १७ मंगलबार १०:२८:००

सरकारी स्वामित्व रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले हालै दूधको मूल्य बढाएपछि रौतहटको चन्द्रनिगाहपुर बजारमा उपभोक्ताको मूल्य आकासिएको छ  । मन्त्रिपरिषद्को निणर्यबाट दूधको मूल्य बढेलगत्तै निजी दुग्ध व्यवसायीले आफूखुसी मूल्य बढाएपछि स्थानीय उपभोक्ताहरू मारमा परेका छन् । सरकारले किसानको नाममा दूधको मूल्य बढाउँदा त्यसको असर आमउपभोक्तालाई पर्न गएको हो । चन्द्रनिगाहपुरका निजी डेरी व्यवसायीले फरक–फरक मूल्य लगाएर दूध बेच्ने गरेको चन्द्रपुर– ४ का स्थानीय शंकर बोलखेले बताए । 

चन्द्रपुर नगरपालिका– ४ मा सञ्चाचालित निर्मल डेरीले ८० रुपैयाँ प्रतिलिटरका दरले दूध बिक्री गर्ने गरेको सञ्चालक निर्मल भट्टराई  बताउँछन् ।  सोही क्षेत्रमा रहेको प्रणामी डेरी, बाँस्तोला डेरी र आके डेरीले भने  ९०  रुपैयाँ प्रतिलिटरका दरले दूध बिक्री गरिरहेको उपभोक्ताहरू बताउँछन् । बढी मूल्यमा दूध बेच्दै आएका व्यवसायीले आफूहरूले शुद्ध दूध बेच्ने गरेको दाबी गर्दै आएका छन् । जतिसुकै मूल्य तिरे पनि निजी डेरीहरूमा शुद्ध दूध नपाइने  स्थानीय उपभोक्ता बताउँछन् । ‘पानी मिसाइएको दूध बाध्यतावश लिनैपर्छ, घरमा स–साना बालबच्चा छन् । स्वस्थ रहनका लागि बालबालिकालाई दूध आवश्यक भएकै कारण जस्तोसुकै भए पनि लिनैपर्ने बाध्यता छ,’ स्थानीय नितु कोइरालाले बताइन् ।  

चन्द्रपुर नगरपालिका– ९ का किसान चेतनाथ सापकोटाले सहकारीले सञ्चालन गरेको दुग्ध संकलन केन्द्रमा दुग्ध बेच्ने गरेका छन् । उनले संकलन केन्द्रमा शुद्ध दुग्ध बिक्री गर्दा प्रतिलिटर ५५ रुपैयाँका दरले भुक्तानी पाउँछन् । तर, त्यही दूध बिचौलियाहरूले कमाउँदै ९० रुपैयाँमा बेच्ने गरेको सापकोटा बताउँछन् । सापकोटा एक प्रतिनिधि पात्र मात्रै हुन्, उनीजस्तै सबै किसानहरू बिचौलियाहरूबाट ठगिने गरेका छन् । सरकारले माघ २८ गतेदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाए पनि उक्त रकम किसानले पाउँदैनन् ।