१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्सेमा ३९ अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:१७:oo

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ। गत साताको बुधबारदेखि निरन्तर रूपमा ओरालो लागेको सेयर बजारमा आज पनि गिरावट आएको छ। आज नेप्से परिसूचक ३९.४० अंकले घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.९९ अंक, फ्लोट इन्डेक्स ३.०५ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३७ अंक घटेको छ।

आइतबार कारोबारमा आएका दुई सय ३० कम्पनीको ७१ लाख २२ हजार कित्ता सेयर चार अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ। नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ। अन्य उपसमूह ०.४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बिमा र  निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ, व्यापार, होटेल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १  प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ८.६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ। यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत् कम्पनी र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

ad
ad