१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ६ शुक्रबार २१:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी परियोजना : कांग्रेस प्रवक्ता भन्छन्- झुटो कुरालाई सत्य बनाउन खोजियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार २१:२९:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताएका छन्। एमसिसीले देशको विकासमा सहयोग पुर्याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई साबित गर्न खोजिएको उनको भनाइ छ ।

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उनले  समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताए ।

ऋण दिने देशले पनि सर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने, ‘यो परियोजना असफल बनाउन केही समूह र कम्युनिस्ट लागि परेका छन् ।’ विवाद गरेर संसदमा रोकियो भने यो परियोजना असफल हुने भन्दै उनले  सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे ।