१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Sunday, 06 July, 2025
२o७८ फाल्गुण ४ बुधबार १४:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्यको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १४:४९:oo

युक्रेनको सिमानाबाट पहिलोपटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएकाे बताएको छ। मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार दक्षिणी सैन्य जिल्लाका एकाइहरू रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि तिनीहरूको स्थायी तैनाथी बिन्दुहरूमा सर्दै छन्।

सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य इकाइहरूको तस्बिरहरू देखाएको छ। तर, पश्चिमी नेताहरू चिन्तित छन् कि रुसले अझै युक्रेनमा आक्रमण गर्न सक्छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोले युक्रेनमा आक्रमण गर्ने धेरै सम्भावना रहेको चेतावनी दिएका थिए। रुसी दाबीको बाबजुद वासिंगटन र यसका सहयोगीहरूले अझै पनि दशौँ हजार सेना फिर्ता गर्ने कुरा प्रमाणित गर्न नसकेको बाइडेनले बताएका छन्। रासस/एएफपी