१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सैनिक श्रीमती संघद्वारा विद्यालयलाई दुई सय थान डेस्क–बेन्च प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o३:oo

सिराहाको एक विद्यालयलाई नेपाली सेना तथा सैनिक श्रीमती संघले फर्निचर तथा स्टेसनरी सामग्री प्रदान गरेको छ। विष्णुपुर गाउँपालिका– ४ थल्हा कटहामा रहेको आधारभूत माध्यमिक विद्यालयलाई संघले फर्निचर तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो।

सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयका प्रधानाध्यापक हरिनारायण यादवलाई दुई सय थान बेन्च–डेस्क र स्टेसनरी सामग्री हस्तान्तरण गरेकी छिन्। दुईवटा दराज, र्‍याक, ह्वाइटबोर्ड, सूचना बोर्डलगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको संघकी अध्यक्ष शर्माले जानकारी दिइन्।

सामाजिक क्षेत्रमा सक्रिय रहेको यस संस्थाले विपतमा पनि सहयोग गर्दै आएको संघकी सचिव सोभना पौड्यालले बताइन्। विद्यार्थी संख्या धेरै भएको र डेस्क–बेन्च अभाव हुँदा अध्ययनमा अप्ठ्यारो भएपछि संघले सहयोग गरेको उनले बताइन्। उक्त विद्यालयमा बाल कक्षादेखि १० कक्षासम्म सात सय ५० विद्यार्थी अध्ययनरत छन्। यस्तै, संघले २० जना विपन्न मुसहरलाई कम्बल पनि वितरण गरेको छ।

ad
ad