१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २७ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकुमारी मूर्ति चोरी प्रकरण : मूर्ति विदेश पुर्‍याइएको आशंका, इन्टरपोललाई पत्र पठाउँदै नेपाल प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १६:४३:oo

ललितपुरको सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति विदेश पुर्याएको हुन सक्ने आशंका गर्दै नेपाल प्रहरीले इन्टरपोललाई पत्र पठाउने तयारी गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत पत्र पठाउन लागिएको हो।

हाल इन्टरपोलमा १९५ देश आबद्ध छन्। यी सबै देशमा पत्र पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। उनका अनुसार मूर्ति नभेटिएपछि इन्टरपोलमार्फत खोजी गर्ने तयारी गरिएको हो।

यसअघि नेपालबाट हराएका मूर्ति विदेश पुर्याइएका घटनाहरू धेरै छन्। सोही आशंकामा नेपाल प्रहरीले इन्टरपोललाई पत्र लेखेको हो। ‘त्यो पुरातात्विक महत्वको वस्तु हो, यस विषयमा प्रहरी प्रधान कार्यालयले इन्टरपोललाई सीधै पत्र पठाउन वा खोजिदिन आग्रह गर्न पाउँछ,’ उनले भने, ‘मूर्ति विदेश गएको हुन सक्ने आशंका पनि हामीले गरेका छौँ।’ 

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट माघ ९ गते मध्यराति मूर्ति चोरी भएको थियो। प्राचीन महत्व बोकेको उक्त मूर्ति हालसम्म पनि भेटिएको छैन।