१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्रीले भेटे सत्यमोहन जोशीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५१:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ललितपुरको किस्ट मेडिकल कलेजमा उपचाररत  संस्कृतिविद्  सत्यमोहन जोशीलाई भेटेका छन् । बुधबार अस्पताल पुगेर मन्त्री खतिवडाले जोशीको  स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

जोशी तीन दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचाररत छन्।  जोशीलाई भेट्न पुगेका मन्त्री खतिवडाले उनको उपचारमा कमी हुन नदिने बताउँदै अस्पताल प्रशासनलाई जोशीको स्वास्थ्यमा ध्यान दिन निर्देशनसमेत दिएका छन् ।

सास फेर्न गाह्राे भएपछि तीन दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो। चेकजाँचपछि जोशीलाई निमोनिया भएको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार अझै एक हप्ता जोशी अस्पताल बस्नेछन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
 

ad
ad