१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विमानस्थलमा पिसिआर परीक्षण गर्न अल्फा र एनपिएलले पाए अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:५o:oo

युएई जाने यात्रुहरूको कोभिड– १९ परीक्षणका लागि अल्फा डाइगोनोस्टिक सेन्टर र एनपिएल काठमाडौं प्रालिले अनुमति पाएका छन्। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अल्फा डाइग्नोस्टिक र एनपिएल काठमाडौं प्रालिलाई युएई जाने यात्रुको मात्र कोभिड–१९ परीक्षण अनुमति दिएको हो। 

यी ल्याबहरूले २०७९ असार मसान्तसम्मको लागि विमानस्थल परिसरमा कोभिडको मोलिक्युलर प्रयोगशाला सञ्चालन गर्न पाउनेछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसअघि (माघ १८) क्रिस्टल डायनोस्टिक र सिद्धि पोलिक्लिनिकलाई विमानस्थलमा पिसिआर परीक्षणका लागि अनुमति दिएका थियो। स्वास्थ्य मन्त्रालयले विमानस्थल परिसरमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनसम्बन्धी कार्यविधि २०७८ जारीसमेत गरेको छ। 

कार्यविधिले गत पुस २५ मा स्वीकृति पाएसँगै विमानस्थलमा पिसिआर परीक्षणका लागि स्टार अस्पताल, सुमेरु अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल प्रयोगशालालाई मान्यता दिइएको थियो । यससँगै विमानस्थल परिसरमा ७ वटा निजी प्रयोगशालाले कोभिड परीक्षणका लागि अनुमति पाएका छन्।

ad
ad