१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

ओमिक्रोनको संक्रमण  घटे पनि ‘क्रिटिकल’ केयरमा पुग्नेको संख्या स्थिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३५:oo

कोरोना भाइरसको तेस्रो भेरियन्टका रूपमा देखिएको ओमिक्रोन एक महिनापछि बिस्तारै घटिरहेको छ । ५० प्रतिशतमाथि पुगेको दैनिक संक्रमणदर २५ प्रतिशतभन्दा तल झरिसकेको छ । तर, अइसियू र भेन्टिलेटरमा पुग्ने संख्या स्थिर देखिएको छ । मृत्युदर भने केही बढेको छ । सरकारले गरेको प्रक्षेपण ओमिक्रोनमा मिल्दोजुल्दो देखिएको छ । सरकारले १२ माघबाट बिस्तारै संक्रमण घट्ने प्रक्षेपण गरेको थियो । 

बुधबार दैनिक पजिटिभ दर ३१ प्रतिशत भएकोमा बिहीबार २५ प्रतिशतमा सीमित छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । संक्रमित हुनेभन्दा पनि डिस्चार्ज हुनेको संख्या दोब्बरले बढ्न थालेपछि सक्रिय संक्रमित पनि उल्लेख्य मात्रामा घटेको छ । आइसियू र भेन्टिलेटरमा पुग्ने संख्या स्थिर रहेपछि मृत्युको संख्या पनि स्थिर देखिएको छ । 

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल अब कोरोनाले उच्च बिन्दु पार गरिसकेको बताउँछन् । ‘ओमिक्रोनले उच्च बिन्दु पार गरेको छ,’ उनले भने, ‘संक्रमणदर क्रमशः घट्नेछ । तर, आइसियू र भेन्टिलेटरमा पुग्नेको संख्या अझै केही समय स्थिर रहन सक्छ ।’

नेपालले कोसेढुंगा पार गर्‍यो : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्ध खोप लगाएर कोसेढुंगा पार गरेको जनाएको छ । यसका लागि डब्लुएचओले नेपाललाई बधाईसमेत दिएको छ । नेपालमा १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएका छन् । डब्लुएचओले ७० प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई दिएको हो । हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका शतप्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

काठमाडौं उपत्यकामा ३५ हजारभन्दा बढी सक्रिय संक्रमित

नेपालमा कोभिड– १९ संक्रमणदर घट्दै गएको छ । बिहीबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर २५.२ प्रतिशतमा झरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १२ हजार ६ सय पाँचजनामा परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमणदरको झन्डै आधा काठमाडौं उपत्यकाले ओगट्दै आएको छ । हाल काठमाडौं उपत्यकामा मात्र ३५ हजार सात सय ४८ सक्रिय संक्रमित रहेको तथ्यांक छ । जुन संख्या कुल संक्रमितको ५६.४८ प्रतिशत हो । देशभर ६३ हजार दुई सय ९३ सक्रिय संक्रमित छन् । यसबाहेक भक्तपुरमा ७७ र ललितपुरमा एक सय ८३ संक्रमित थपिएका छन् । यस्तै, काठमाडौंमा मात्रै २१ हजार सात सय ३६ सक्रिय संक्रमित छन् । जुन संख्या देशभरिकै सबैभन्दा बढी हो ।

योसँगै बालबालिकामा संक्रमणदरसमेत घट्न थालेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार एक सय ६९ जनामा संक्रमण देखिएको छ । बुधबार एक सय ७५ जना बालबालिकामा संक्रमण देखिएको थियो भने मंगलबार दुई सय ७२ जनामा संक्रमण देखिएको थियो । 

सोमबार दुई सय २२ र आइतबार दुई सय ३७ जना बालबालिका संक्रमित भएका थिए । कोभिडको दैनिक संक्रमणदर ५० प्रतिशत नाघेको समयमा बालबालिका दैनिक संक्रमित संख्यासमेत पाँच सय नाघेको छ । दैनिक संक्रमणदरसँगै बालबालिकामा समेत संक्रमण घट्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । 

ad
ad