१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख ३० आइतबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तातोपानी नाकामा नियमविपरीत खुला टेलरमा सामान आयात

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:२१:oo

कोरोना महाव्याधिसँग सावधानी अपनाएर चीन स्वशासित तिब्बतसँग जोडिएको उत्तरी नाका तातोपानीबाट दुई वर्षदेखि आयात मात्रै भइरहेको छ । आयातका लागि एकतर्फी खुला भएको नाकामा ‘हुक एन्ड ड्रप’ प्रणाली लागू गरिएको छ । खासाबाट मितेरी पुल आएका सामग्रीलाई ठूला चिनियाँ टेलरमा लोड गरिन्छ । केही टेलरलाई सिलबन्दी गरिए पनि अधिकांश टेलर खुला आउँछन् । 

गत वर्षसम्म तातोपानी भन्सारले कुनै पनि सामग्री खुला नल्याउने कार्यविधि बनाएको थियो । तर, अहिले चिनियाँ टेलरमा खुलमखुला सामग्री हालेर लार्चा भन्सारमा ल्याइन्छ । मितेरी पुलको आधा भाग चिनियाँ क्षेत्र पर्छ  । पुलको आधा भागमा रहेको रेडलाइनबाट तातोपानी भन्सार लार्चासम्म चार किलोमिटर पर्छ । विनासिल मितेरी पुलदेखि लार्चासम्म आउने खुला चिनियाँ टेलरबाट सामान हराउने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।  

खुला सामान ल्याउँदा तस्करी हुने डर
नेपाली मूलका मानिस खासा, रमिते र लाप्टाङमा बस्छन् । ती नेपाली भाषी तिब्बतीको सीमाक्षेत्रका मानिससँग निरन्तर सम्पर्क भइरहन्छ । खासा क्षेत्रमा रहेका कतिपय चिनियाँ तस्करीले ती मानिसमार्फत नेपालतर्फ सम्पर्क गरेर अवैध सामग्री तस्करी गर्छन् । खासा क्षेत्रबाट खुला टेलरमा हालेर पठाएको जुनसुकै सामग्री मितेरी पुलको आधा भागबाट लार्चा भन्सारसम्म आउँदा जतिवेला पनि बाहिर निकाल्न सकिन्छ । बीचबाटोमा न भन्सारको चेकप्वाइन्ट छ, न त सुरक्षा जाँच नै हुन्छ । नाका एकतर्फी रहेकाले तातोपानीबाट बाह्रबिसेसम्म प्रहरीले चेकजाँच गर्दैन । त्यसैको फाइदा उठाएर तस्करले अवैध सामग्री ल्याउने सम्भावना रहन्छ । 

स्थानीयको भनाइअनुसार साँझपख र रातको समयमा आउने खुला टेलरबाट बीचबाटोमा तस्करले सामान निकाल्छन् । सरकारी नियममा कुनै पनि सामग्री सीमाक्षेत्रबाट भन्सारसम्म खुला ल्याउन पाइँदैन । तिब्बत सिल्क र मुसा ट्रान्सपोर्टले खासाबाट लोड गरेर तातोपानी पठाएको सामग्री नेपालतर्फ सिल्क र नमस्तेले बुझ्ने गर्छन् । मितेरी पुल कट्नासाथ रहेका अध्यागमन र सीमा सुरक्षा फौज सशस्त्र प्रहरीले कस्ता सामान आयात भएको भन्ने जानकारी नै पाउँदैनन् ।

विगतमा बन्द कन्टेनरमा सामान ल्याउँदा सिल लगाएको हुन्थ्यो । जुन भन्सारको अनुमतिमा जाँचकीले मात्रै खोल्न पाउँथे । मानिसले उचाल्न नसक्ने र ठूला परिमाणको सामान लिफ्ट गरेर टेलरमा राख्ने नियम भए पनि मानिसले हातले उचालेर बोक्न सक्ने सामग्री खुला टेलरमा आयात–निर्यात गर्न चिनियाँ क्षेत्रमा भने प्रतिबन्ध छ । नेपालपट्टि भइरहेको अवैध गतिविधिलाई चिनियाँ पक्षले मतलब गर्दैनन् । पाँच महिनादेखि सीमा र भन्सारसम्बन्धी द्विपक्षीय बैठक नहुँदा समस्या आएको गौतमले बताए । विच्याटका भरमा काम गर्दा नाकामा असहजता थपिएको उनले स्पष्ट पारे ।

ad
ad