Skip This
गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै महासंघको आपत्ति
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै महासंघको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार १२:४२:oo

सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।

एकसिंगे गैँडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्माण कम्पनी इन्डो-सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुशरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद मृत्युको तथ्यलाई तोडमोड गरिएको महासंघका महासचिव रोशन दाहालले बताएका छन्।