१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२९:oo

तनहुँको व्यास नगरपालिका– १ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउन्डेसन अवार्ड) प्राप्त गरेको छ। ब्रिटिस काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड प्राप्त गर्ने निर्मल मावि जिल्लाकै एक मात्र विद्यालय हो।

सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए। प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो । ‘सन् २०२०/२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेस गरेका थियौँ। विद्यालयले पेस गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ,’ बस्नेतले भने।

विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो। त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र निर्मल माविका विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बस्नेतले बताए। विद्यालयले भारतको एक विद्यालयसँग पनि सहकार्य गरेर काम गरेको थियो। त्यहाँको स्थानीय भाषा र दमौलीको स्थानीय दरै भाषाका विषयमा विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको थियो।

अन्तर्राष्ट्रिय विद्यालय अवार्डले विद्यालयमा अन्तर्राष्ट्रिय आयाम समावेश गर्ने राम्रो अभ्यासलाई मान्यता दिँदै आएको छ। सन् २०१२ यता नेपालका चार सय ९३ विद्यालयले यस अवार्डका लागि भाग लिएकामा एक सय ४६ विद्यालयले अवार्ड प्राप्त गरेका काउन्सिलले जनाएको छ। रासस

ad
ad