Skip This
चार दिनमा नेप्सेले गुमायो १५४ अंक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार दिनमा नेप्सेले गुमायो १५४ अंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:५७:oo

सेयर बजार लगातार घट्दा लगानीकर्ताले चार दिनमै एक सय ५४ अंक गुमाउन पुगेका छन् । चार दिनमा लगानीकर्ताहरूले आत्तिएर प्रोफिट बुक गर्ने र घट्दो बजारमा प्रवेश गर्ने सोचका कारण बजार निरन्तर घटेकोे हो । यो हप्ता कारोबार भएका चार दिनका बीच बजार फर्किने प्रयासमा देखिए पनि लगानीकर्ता प्रोफिट बुकमा आकर्षित भएकाले बजार निरन्तर घटेको हो । मंगलबार बजार फर्किने प्रयासमा देखिए पनि बुधबार उतारचढावका बीच नेप्से सूचक ३८ दशमलव ४२ अंकले घटेर दुई हजार सात सय ७६ दशमलव ६५ बिन्दुुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६० अंकले घटेर पाँच सय १८ दशमलव ३४ बिन्दुुमा पुगेको छ ।

बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । सोमबार आठ अर्बसम्मको कारोबार भएको बजारमा मंगलबार र बुधबार निरन्तर गिरावट आएको हो । अघिल्लो दिनभन्दा यस दिन एक अर्ब आठ करोडले कारोबार रकममा गिरावट आएको हो । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ स्क्रिप्टका ९३ लाख कित्ता÷इकाइ सेयर खरिद–बिक्री हुँदा चार अर्ब ३१ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनी, अरूणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सको सेयर नौ करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

बुधबार एक सय ७० वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ भने १५ वटा स्क्रिप्टको मात्र सेयर मूूल्य बढेको छ । पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मानुुषि लघुुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्स कम्पनी, सानिमा इक्विटी फन्डको सेयर मूल्य सबैभन्दा धेरै अर्थात् तीन प्रतिशतदेखि ५ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । घटेको बजारमा विन लघुुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य एक प्रतिशतदेखि पाँच प्रतिशतसम्मले बढेको छ ।

ad
ad