१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
पोखरामा जारी आहा ! रारा गोल्ड कपमा मच्छिन्द्र र संकटाका खेलाडी गोल गर्ने प्रयासमा
२o८१ जेठ १ मंगलबार o६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्डकप : साविक विजेता संकटा बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४९:oo

पोखरामा जारी २०औँ  संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै साविक विजेता संकटा क्लब बाहिरिएको छ । पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबसँग ४–१ गोलअन्तरले पराजित हुँदै संकटा प्रतियोगिताबाट बाहिरिएको हो ।संकटाले गत वर्षको १९औँ संस्करणमा उपाधि हात पार्ने क्रमममा पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसनलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको थियो । दुवै टोली वाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेका थिए । जितसँगै मच्छिन्द्रले फाइनल प्रवेशका लागि बुधबार अर्थात् १२ माघमा हुने सेमिफाइनलको खेलमा विभागीय एपिएफ क्लबसँगको भेट पक्का गरेको छ । मच्छिन्द्रले प्रतियोगितामा पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको हो ।

मच्छिन्द्रका लागि खेलको १३औँ मिनेटमा उत्सव राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अभियान प्रधानले दिएको पासलाई डिबक्सनजिकैबाट राईले विपक्षी दुई खेलाडीलाई बिट गर्दै फस्टबार च्याप्दै प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । पहिलो हाफमा एक गोलले मच्छिन्द्रले अग्रता लिँदा दोस्रो हाफमा मच्छिन्द्रले थप तीन र संकटाले एक गोल गरेको थियो ।

खेलको ४७औँ मिनेटमा मेसुके ओलमेयुले मच्छिन्द्रको अग्रता दोब्बर पार्ने क्रममा अभिषेक रिजालले मिलाइदिएको पासलाई उपयोग गरेका थिए । डिबक्सको लाइनबाट रिजालले दिएको पास पोनाल्टी क्षेत्रबाट मेसुकेले प्रहार गरेका थिए । किपर विट भएर अघि बढेको बललाई गोललाइनबाट विपक्षी खेलाडी अमित तमाङले क्लियर गर्न खोज्दा विफल भएका थिए ।

६३औँ मिनेटमा संकटाका लागि गणेश हमालले गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए । अमित तामाङले हानेको कर्नरलाई पेनाल्टी क्षेत्रमा रहेका निरज बस्नेतको प्रहारलाई हमालले पेनाल्टी क्षेत्रबाटै हेडमार्फत पोस्टको दिशा दिन सफल भएका थिए । हमाल खेलको ४६औँ  मिनेटमा जय गुरुङको स्थानमा मैदान छिरेका थिए । 


खेलको ८४औँ मिनेटमा अभिषेक गुरुङले टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्‍याएका थिए । गुरुङ खेलको ७९औँ  मिनेटमा अभिषेक रिजालको स्थानमा मैदान छिरेका थिए । विपक्षी खेलाडी अमित तमाङले रेजिन धिमाललाई फल गरेपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले मच्छिन्द्रलाई फ्रिकिकको अवसर दिएका थिए । ओमोलाजा न्युरोनकरिमको प्रहार विपक्षी कपिर राजुबाबु थापाले क्लियर गर्ने क्रममा बारमा लागेर रिवाउन्ड भएको बललाई गुरुङले पोस्टको दिशा दिन सफल भएका थिए । 

दुई गोलले अग्रता बनाएको मच्छिन्द्रका लागि खेलको ८६औँ मिनेटमा मेसुकेले गोल गर्दै टोलीलाई ४–१ अग्रता दिलाए । नाथानिल जुडेले डिबक्सबाहिर मिलाएको पासलाई विपक्षी तीन खेलाडीलाई विट गर्दै पोनाल्टी क्षेत्रनजिकैबाट दोस्रो बार च्याप्दै मेसुकेले हानेको प्रहार सीधै जालीमा ठोक्किन पुगेको थियो ।

रेफ्रीको निर्णयमा सन्तुष्ट छैनौँ
 प्रवेश कटुवाल, प्रशिक्षक मच्छिन्द्र

खेलाडीको प्रदर्शनप्रति एकदमै सन्तुष्ट छु । खेलमा आफ्नो टोलीले धेरै पहेँलो कार्ड खाए, रेफ्रीले उचित निर्णय गर्न नसकेका कारण खेलाडीले कार्ड पाए, रेफ्रीको निर्णयमा सन्तुष्ट छैन । आज केही सामान्य कमजोरी भए त्यसलाई अर्को खेलमा सुधार गरी खेल्छौँ । 

खेलाडीको  प्रदर्शनप्रति सन्तुष्ट छु
राजकुमार केसी, प्रशिक्षक संकटा 

योजनाअनुसार पहिलो हापमा खेल्न नसक्दा पराजित भयौँ । दोस्रो हाफमा जसरी खेल्यौँ सोहीअनुसार पहिलो हाफमा समेत खेल्न सकेको भए परिणाम आफ्नो पक्षमा आउने थियो । पहिलो हाफमा खेलाडीबीच तालमेलसमेत केही नमिलेको जस्तो भयो, तर पनि खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट छु ।

 आजको खेल 
त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब

ad
ad