मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३० ग्राम ब्राउनसुगर र एक लाख ८३ हजार नगदसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३० ग्राम ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको हो । 

रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेकी नेपालगगन्ज उपमहानगरपालिका १० ट्राफिक चोककी ३५ वर्षीया मुन्नी जोलाहले लगाएको सुइटरको खल्तीबाट ३० ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । 

जोलाहको साथमा रहेका नेपालगन्ज उपमहानगरपालिका १६ का कल्लु जोलाह र सोही ठाउँकी ३५ वर्षीया जरिना अन्सारीको साथबाट नगद नेपाली रुपैयाँ ७० हजार पाँच सय र ७० हजार तीन सय ५० भारतीय रुपैयाँ बरामद भएको न्यौपानेले बताए। 

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।