१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका अस्ट्रेलिया
२०७८ माघ १० सोमबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अस्ट्रेलिया
२०७८ माघ १० सोमबार ०८:०९:००

प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै २४ जनवरीमा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएको छ । 

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भिœयाउने प्रवासीहरूलाई देशको नेतृत्व निर्माणमा बाहिर राख्नु अन्याय भएकाले मञ्चले प्रवासबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउन लागिएको बताए । उनले नेपालमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाउने तय भएको र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटका लागि सचिवालयमा कुराकानी भइरहेको बताए । 

प्रवासमा विश्वभरि रहेका नेपाली दूतावासहरूमार्फत पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाटै मतदान गर्न पाउनुपर्ने मञ्चको माग छ । ‘अमेरिका, अस्ट्रेलियालगायत देशहरूले प्रवासमा रहेका नागरिकलाई मतदान गर्ने व्यवस्था गरेको छ,’ सचिव पाण्डेले भने । प्रवासी नेपालीलाई नेतृत्व निर्माणमा पनि सहभागी गराउनुपर्ने उनको माग छ ।

सचिव पाण्डेले सर्वोच्च अदालतले समेत प्रवासीलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेको सन्दर्भमा हालसम्म पनि व्यवस्था नहुनु दुःखद रहेको बताए । उनले विश्वभरि रहेका युवालाई देशको नेतृत्व निर्माणमा समेत योगदान गर्ने वातावरण बनाउने अभियान मञ्चले सुरु गरेको जानकारी दिए । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अध्यक्ष केशव जोशीले सोमबार क्यानबेरास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।