१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o५:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको सम्बोधन : सरकार सही दिशामा अघि बढिरहेको दाबी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o५:५९:oo

एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु, आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीका कार्यहरू अघि बढाइरहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारले अंगीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको तथा सरकार सही दिशामा अघि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वको सरकारले ६ महिना पूरा गरेका अवसरमा प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको पनि बताएका छन् । 

‘संयुक्त सरकारले अंगीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको छ । संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको छ । जनतामा त्रास र भय एवं राजनीतिक स्थायित्वप्रतिको संशयको अन्त्य भएको छ,’ प्रधानमन्त्री सम्बोधनमा छ, ‘सरकारले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा भएका कार्यहरूमध्ये प्रतिनिधिमूलक र उदाहरणको रूपमा उल्लेख भएका माथि उल्लिखित कार्यहरू र हासिल भएका मुख्य–मुख्य उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ ।’

प्रधानमन्त्री देउवाले जनतामा आशा र भरोसा बढेको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेका छन् । ‘छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिहरूले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको छ । जनतामा आशा र भरोसा बढेको छ, तर हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन,’ प्रधानमन्त्रीको सम्बोधनमा छ, ‘एक्काइसौँ शताब्दीको द्रुत गतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ ।’

स्थानीय वा संघीय चुनाव पहिला कुन भन्नेबारे सत्तागठबन्धनबीच छलफल जारी रहँदा प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको चुनाव हुने बताएका छन् । ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्रीको सम्बोधनमा छ, ‘आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीका कार्यहरू अघि बढाइरहेको छ ।’ 

प्रधानमन्त्री देउवाले सरकारले संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूतिलाई उच्च प्राथमिकतामा राखेको भन्दै सहमतिकै आधारमा संसद् सुचारु गर्ने उल्लेख गरेका छन् । तर, उनले एमसिसीको नामै नलिई विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याइने उल्लेख गरेका छन् । 

‘संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति–प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति–सम्झौताका बाँकी कार्यभार तथा विभिन्‍न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री देउवाको सम्बोधनमा छ, ‘संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याइनेछ ।’ 

प्रधानमन्त्री देउवाले सबै मिलेर कोभिड– १९ विरुद्धको लडाइँ लड्नुपर्ने भएकाले जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनका लागि अनुरोध गरेका छन् । ‘केही दिनदेखि कोभिड– १९ को नयाँ स्वरूपको संक्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ । हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ,’ प्रधानमन्त्रीको सम्बोधनमा छ । 

आगामी चैत मसान्तसम्ममा खोप लगाउनयोग्य सबै नेपाली नागरिकलाई निःशुल्क खोपको पूर्ण मात्रा दिने प्रतिबद्धता व्यक्त गरेअनुसार खोप अभियान जारी रहेको प्रधानमन्त्रीको भनाइ छ । कोभिड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा सकेसम्म कम असर पर्ने गरी आवश्यक प्रबन्ध मिलाइने प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारबाट आर्थिक–सामाजिक रूपान्तरणको आधार निर्माणका लागि उच्‍च र समन्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखी अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, स्वदेशी कच्चा पदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढाउने, आपूर्ति व्यवस्थामा सुधार गर्ने, महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यहरूको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने कार्यहरू भएको दाबी गरेका छन् । 

यस अवधिमा दुई वर्षदेखि कोभिड– १९ का कारण संकटग्रस्त उद्योग र सेवा व्यवसायको उत्थान गर्न र श्रमजीवी, विपन्‍न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याइएको तथा रूपान्तरणकारी र विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको प्रधानमन्त्रीको दाबी छ । 

तीव्र रूपमा फैलिरहेको कोभिड– १९ संक्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारका बीचमा समन्वय र सहकार्य बढाइएको प्रधानमन्त्री देउवाको भनाइ छ । स्वास्थ्य प्रणालीमा कुनै पनि साधन–स्रोत र जनशक्ति अभाव हुन नदिने व्यवस्था मिलाई उपचार व्यवस्थालाई चुस्त–दुरुस्त बनाइएको उनले सम्बोधनमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले राज्यले निःशुल्क रूपमा उपलब्ध गराउने भनी घोषणा गरिएका औषधि गुणस्तरीय रूपमा समयमै सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइनुका साथै अत्यावश्यक वस्तु तथा सेवाको निर्बाध आपूर्ति हुने व्यवस्था सुनिश्चित गरिएको पनि दाबी गरेका छन् । 

प्रधानमन्त्री देउवाले मुलुकको विकासमा निजी क्षेत्रको अहं भूमिका रहेको भन्दै सम्बोधनमा भनेका छन्, ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै उद्यम–व्यवसाय गर्ने वातावरणलाई थप सहज बनाइनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका सबै तह र संरचनालाई थप सक्षम बनाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।’

प्रधानमन्त्री देउवाले सरकारले शान्ति–सुरक्षाको भरपर्दो र विश्वसिलो व्यवस्थापन गरी शान्ति सुव्यवस्था कायम गरेको एवं सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको पनि सम्बोधनमा उल्लेख गरेका छन् । 

 

 

ad
ad