मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४३ जनाले जिते टाटाको बम्पर उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:२८:००

नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा सञ्चालन गरेको दसैँ–तिहार योजनाको बम्पर उपहार ४३ जनाले जितेका छन् । कम्पनीले ‘आशा र उमंग बाँडौँ, मनाऔँ खुसीयाली, यो दसैँ र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ भन्ने नाराका साथ ल्याइएको योजनाको बम्पर पुरस्कार काठमाडौं र पोखराका १४ जना, इटहरीका पाँचजना, हेटौँडाका १४ जना, बुटवलका पाँचजना र नेपालगन्जका पाँचजनाले जितेका हुन् । 

विजेतामध्ये ११ जनालाई सामसङ ट्याब एस सेभेन एफई, ११ जनालाई एलजी डबल डोर फ्रिज, सातजनालाई आठ केजी वासिङ मेसिन, सातजनालाई सामसङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल र सातजनालाई एमआई ६५ इन्च फोर के टिभी प्रदान गरिएको कमपनीले जनाएको छ ।

सम्पूर्ण विजेताहरूलाई बधाई तथा योजनामा सहभागीहरूलाई धन्यवाद दिँदै सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर आउने जनाएको छ ।