१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षमा ५७ देशका १९० विदेशी निष्कासित

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२५:oo

नेपालमा गैरकानुनी काम गर्नेमा चिनियाँ र अमेरिकी नागरिक धेरै 

नेपालमा बसेर कानुनविपरीत गतिविधि गर्ने विदेशीमा चिनियाँ, अमेरिकी र बेलायती अग्रस्थान छन् । अध्यागमन विभागले सन् २०२१ मा गरेको कारबाहीमा एकतिहाइ तीन देशका नागरिक छन् । 

विभागका अनुसार २०२१ मा २७ जना चिनियाँ, १९ जना अमेरिकी र १५ जना बेलायती नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । त्यसमध्ये केही फौजदारी अपराधमा पक्राउ परेका र केही पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बसेका भएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । 

एक सय २५ जना भिसा अवधिभन्दा लामो समय बसेको र अन्य ६५ जना विभिन्न किसिमका अन्य अपराधमा संलग्न रहेको विभागले जनाएको छ । निष्कासन गर्दा उनीहरूलाई जरिवाना गरी अपराधको गम्भीरता हेरेर १० वर्षसम्म नेपाल आउन रोक लगाइन्छ । 

एक वर्षको अवधिमा विभागले ५७ देशका एक सय ९० जना विदेशीलाई निष्कासन गरेको छ । निष्कासित हुने विदेशीमा चीन, अमेरिका र बेलायतपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पाकिस्तान र रसियाका नागरिक छन् । 

दक्षिण कोरियाका ११, फ्रान्स, जर्मनी र पाकिस्तानका १०–१० तथा रसियाका आठजनालाई विभागले निष्कासन गरेको हो । त्यस्तै, जापान, अफगानिस्तान, श्रीलंकाका पाँच–पाँच, इटाली, अस्ट्रेलिया, क्यानडाका चार–चारजना निष्कासनमा परेका छन् । 

नेपाल आउनेमा चीन र अमेरिकाका नागरिक धेरै भएकाले निष्कासनमा पर्नेमा पनि ती देशकै धेरै भएको विभागका अधिकारीको भनाइ छ । खासगरी चिनियाँ नागरिक भने पर्यटन भिसामा बसेर व्यापार तथा कानुनविपरीत गतिविधिमा संलग्न रहँदै आएको अध्यागमनको विश्लेषण छ । सोही आधारमा गत जनवरी १ देखि निरन्तर बस्ने चिनियाँलाई भिसा शुल्क लिन थालिएको छ । नेपालमा चिनियाँलाई भिसा शुल्न नलाग्ने भए पनि लामो समय बस्नेको हकमा भने लिन थालिएको हो । 

पछिल्लो केही वर्षयता नेपालबाट निष्कासित हुनेमा चिनियाँ नागरिक पहिलो स्थानमा छन् । निष्कासित हुनेमा केही जेलबाट कैद सजाय भुक्तान गरेर छुटेका छन् । धर्म प्रचारमा संलग्न विदेशीलाई पनि निष्कासन गरिएको विभागका अधिकारी बताउँछन् । 

केही नेपाली मूलका विदेशी नागरिक छन् । विदेशी पासपोर्ट लिइसकेका नेपाली अध्यागमन कानुन नबुझी पाँच महिनाभन्दा लामो समय नेपाल बस्ने गरेका छन् । पछि अध्यागमनमा पुग्दा मात्र उनीहरूले ‘ओभरस्टे’ भएको थाहा पाउने गरेका छन् । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा लामो समय बस्न पाइँदैन । 

अध्यागमन विभागको अनुगमन र नियमन बलियो हुन नसक्दा भिसाको उद्देश्यविपरीतका गतिविधि गर्ने प्रवृत्ति बढेको हो । विभागका महानिर्देशक भट्टराई नियमनलाई कडाइ गर्न लागिएको बताउँछन् । ‘विदेशी नागरिक कुन होटेलमा बसेको छ भनेर थाहा हुने गरी प्रणाली बनाउँदै छौँ,’ उनले भने, ‘विदेशीमाथि नियमनमा केही कमजोरी अवश्य छन्, अब सिस्टममार्फत नै निगरानी गर्छाैँ ।’ 

आइएनजिओको नाममा धर्म प्रचार : पाँच अमेरिकी कालोसूचीमा
सामाजिक संस्थाको आवरणमा धर्म प्रचार तथा व्यापारको काम गरेको पाइएपछि अध्यागमन विभागले नेपालमा बस्दै आएका पाँच अमेरिकी र एक अस्ट्रेलियन नागरिकलाई कालोसूचीमा राखेको छ । माउन्टेन चाइल्ड नामक संस्थामा आबद्ध अमेरिकीलाई कालोसूचीमा राखिएको हो । 

अमेरिकी नागरिकहरू अलेन ज्याक्सननुनाली, मिचेल एममोर्गन, स्कट निकोलस स्मिथ, सराई एस्ले स्मित, केड मिचेल सिन्डेल र अस्ट्रेलियन नागरिक जेनिफर कन्सट्यान्स बोटरेललाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएका विदेशीको भिसा नवीकरण हुँदैन । 

 

 

ad
ad