१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमा समस्यामा सत्तारुढ गठबन्धनको मौनता रहस्यमय : राप्रपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १ शनिबार १५:०४:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले सडक बनाइरहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक अभिव्यकित दिँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धनको मौनता दुःखद र रहस्यमय भएको बताएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीले एकतर्फी रूपमा लिपुलेक र कालापानी क्षेत्रमा सडक निर्माण गरिरहेको खुलासा गर्नु नेपाली सार्वभौभिकताको विरुद्धमा रहेको र त्यसको प्रतिवाद सरकारले गर्नुपर्ने बताउँदै विज्ञप्तिमा भनिएको छ । ‘तर, भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ ।’

हेर्नुहोस् विज्ञप्ति :