मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष ३० शुक्रबार ०८:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गण्डकी बाहिरियो

Read Time : < 1 मिनेट
२०७८ पौष ३० शुक्रबार ०८:१३:००

पुरुषतर्फको साविक विजेता गण्डकी प्रदेश बिहीबार पोखरामा सञ्चालन भइरहेको दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

टाइगर गुप्र अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन गण्डकी त्रिभुवन आर्मी क्लबसँग ३–१ को सेटमा पराजित भएको हो । आर्मीले गण्डकीलाई २५–१५, २०–२५, २५–१५ र २६–२४ सेटमा हराएको हो । जितसँगै समान तीन खेलबाट आर्मीले ६ र गण्डकीले तीन अंक जोडेका छन् ।

पुरुषतर्फ नै भएको अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा निराश पारेको छ । नेपाल स्पोर्टस्ले खेल २३–२५, २५–२०, २५–१५ र २५–१९ को सेटमा जितेको हो ।

तीन खेलबाट हेल्प नेपालले ७ अंक बनाएको छ । प्रतियोगितामा एपिएफको यो लगातर चौथो हार हो । यसैगरी प्रतियोगिताअन्तर्गत महिलातर्फ आयोजक टाइगर ग्रुप आर्मीसँग ३–१ को सेटमा पराजित भयो ।

अर्को खेल भने लाइट प्रोटेस्टका कारण अवरुद्ध बनेको थियो । रोचक बन्दै गएको प्रतियोगिताको पुरुषतर्फ गण्डकी बाहिरिदा बाँकी तीन टोलीले फाइनल पुग्ने सम्भावना भने कायमै राखेका छन् ।