१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

३० अंकले घटेको नेप्सेमा ८ अर्बमाथिको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४६:oo

सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.०४ अंक, फ्लोट इन्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१७ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । नेप्से घटे पनि बुधबार  कारोबार रकम भने ८ अर्ब नाघेको छ ।

नेप्से परिसूचकको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बिमा, होटेल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटे पनि ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोसीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, मञ्चकन्या माई हाइड्रोपावर र सामलिङ पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । तर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य  घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एचआइडिसिएलको २७ करोड, अपी पावरको २४ करोड र अपर तामाकोसीको २२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ad
ad