नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ विजयी भएका छन् । गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पारस नेता रामबहादुर थापा बादलसँगै एमालेमा रहेका नेता हुन् । उनका प्रतिस्पर्धी मरासिनीले २५७ मत ल्याए ।
उपाध्यक्षमा कृष्ण खाण विजयी भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा राजेन्द्र डुम्रे विजयी भएका छन् । उनले ३९४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भूपराज अधिकारीले २८० मत ल्याए ।
उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका छन् । पौडेलले ३९५ मत ल्याएर विजयी भए भने शर्माले ३७३ मत ल्याएर विजयी भइन् । अर्का प्रतिस्पर्धी जीवन शर्माले १५८ मत ल्याए ।