१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

धाविका सुनमाया बुढालाई दुई लाख पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४९:oo

जुम्लाकी अल्ट्रा म्याराथन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनस्वरूप दुई लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ । मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीको अध्यक्षतामा आइतबार बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

धाविका बुढाले भर्खरै थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् । उनले ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट एक सेकन्डमा पूरा गरेकी थिइन् । दुई हजार प्रतियोगीलाई उनले पछाडि पारेकी थिइन् । 

यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल टिमकी खेलाडी जाजरकोटकी कामना विष्टलाई पनि ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको परिषद्का सदस्यसचिव विश्वामित्र सञ्यालले जानकारी दिए । सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबल कभर्ड हल निर्माण गर्ने र कालिञ्चोक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्म वैैकल्पिक खेल मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्यसचिव सञ्यालले बताए । 

ad
ad